बुधबार पनि बढ्यो सुनचाँदीको मुल्य, कतिमा हुदैँछ कारोबार ?

बुधबार, ०७ माघ २०७७, ११ : ०५

काठमाडौं-  बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ ।
 
मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको सुनको मुल्य आज तोलामा ५ सय रुपैंयाले बढेर ९२ हजार ५ सय रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।

यस्तै बुधबार तेजावी सुनको मुल्य ९२ हजार रुपैंया कायम भएको छ ।

यसैगरी चाँदीको मुल्य पनि तोलामा १५ रुपैंयाले बढेर १२ सय  ६० रुपैंया कायम भएको छ ।

बुधबार, ०७ माघ २०७७, ११ : ०५

प्रतिक्रिया