काठमाडौं – अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड ८० लाख ५३ हजार खुद नाफा कमाएको छ । कम्पनीले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
कम्पनीको यो नाफा गत आवको सोही अवधी भन्दा बढी हो । गत आवको सोही अवधीमा कम्पनीले रु. ३ करोड ३६ लाख ८२ हजार नाफा कमाएको थियो । त्यो अनुसार यो बर्ष कम्पनीको नाफा करिब दोब्बर मात्रामा बढेको देखिन्छ ।
समिक्षा अवधीमा कम्पनीले विद्युत बिक्री गरेर ३ करोड ४ लाख ३३ हजार आम्दानी गरेको छ । यस्तै, अन्य माध्यमबाट रु. ६ करोड ५३ लाख आम्दानी गरेको कम्पनीको भनाइ छ । समिक्षा अवधीमा कम्पनीले ९ करोड ५७ लाख ४३ हजार कुल व्याज आम्दानी गरेको छ ।
हाल कम्पनीको चुक्तापुँजी ९९ करोड ८३ लाख २३ हजार रहेको छ । कम्पनीले आफ्नो जगेडामा भने १४ करोड ४३ लाख ६५ हजार जम्मा गरेको छ ।
वित्तिय विवरण अनुसार कम्पनीको प्रतिशेयर आम्दानी १३.७७ रुपैयाँ रहेको छ । यसैगरि प्रति शेयर कुल सम्पत्तिको मुल्य १३५.७४, प्रतिशेयर नेथटवर्थ ११४.४६, मुल्य आम्दानी अनुपात १६.९९ र तरलता अनुपात १.६१ रहेको छ ।
प्रतिक्रिया