माघ २८ गते ओलीविरुद्ध प्रर्दशन गर्दै माधव-प्रचण्ड, अहिलेसम्मकै ठूलो बनाउने निर्णय

विहीबार, १५ माघ २०७७, ११ : १०

काठमाडौँ - नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समुहले माघ २८ गते प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रर्दशनलाई अहिलेसम्मकै ठूलो बनाउने निर्णय गरेको छ।

बिहीबार बिहान पार्टी कार्यालय पेरिसडाँडामा बसेको नेकपा केन्द्रीय संघर्ष समितिले आन्दोलनलाई अझ शसक्त बनाउने निर्णय गरेको नेता विष्णु रिजालले जानकारी दिए।

पुस ५ गते प्रधानमन्त्री ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेपछि नेकपाको दाहाल नेपाल पक्षले चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका छन्। 

उनीहरुले संसद पुनःस्थापनाको विकल्प नभएको बताउँदै देशव्यापी विरोध प्रर्दशन र आमसभा आयोजना गर्दै आएका छन्।

विहीबार, १५ माघ २०७७, ११ : १०

प्रतिक्रिया