घलेम्दी हाइड्रोको संयुक्त साधारण सभा सम्पन्न

विहीबार, १५ माघ २०७७, १८ : ०४

काठमाडौं - घलेम्दी हाइड्रो लिमिटेडको संयुक्त वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको पाँचौ र छैठौ सभा रजिष्टर्ड कार्यालय बनस्थली काठमाडौंमा आज सम्पन्न भएको हो ।

सभाले आर्थिक वर्ष २०७४/७५ र २०७५/०७६ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको छ । त्यसै गरी आर्थिक वर्ष २०७४/७५ र २०७५/०७६ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनीको समूह ९ख०  अर्थात सर्वसाधारण  सेयरधनीको तर्फबाट मनिषा प्रधान र राजकुमार शर्मालाई संचालक समितिमा नियुक्त गरेको छ ।
 

विहीबार, १५ माघ २०७७, १८ : ०४

प्रतिक्रिया