काठमाडौं – गत आवको पुससम्म घाटामा रहेको आँखुखोला जलविद्युत कम्पनी अहिले भने नाफामा आएको छ । चालु आवको पुससम्म कम्पनीले रु. ४० लाख ४६ हजार खुद नाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासको वित्तिय विवरणले यस्तो देखाएको हो ।
गत आवको सोही अवधीमा ९१ लाख ५४ हजारले घाटामा थियो । यसैगरि चालु आवको पहिलो त्रैमासमा पनि कम्पनीले रु. २० लाख ३४ हजार खुद कमाएको थियो ।
हाल कम्पनीको चुक्तापुँजी ८० करोड रहेको छ । कम्पनीको प्रति शेयर आम्दानी भने २.०२ रहेको छ । प्रतिशेयर नेटवर्थ भने ६८.०३ रहेको छ ।
प्रतिक्रिया