५ कम्पनीले दिए १८४ मेगावाट क्षमताको जलविद्युत आयोजनाका सर्वेको लागि आवेदन

बुधबार, २१ माघ २०७७, १३ : १६

काठमाडौं - चालु आर्थिक वर्षमा ५ वटा कम्पनीले जलविद्युत आयोजनाको सर्वेका लागि आवेदन दिएको छ । कम्पनीहरूले १८४ मेगावाट क्षमताको जलविद्युत आयोजनाका लागि विद्युत विकाश विभामा आवेदन दिएका हुन् ।
 
विद्युत विकास विभागका अनुसार सिता हाइड्रोपावर कम्पनीले ६५ मेगावाट क्षमताको दूध खोला हाइड्रोपावरको सर्वे गर्नका लागि आवेदन दिएको छ ।
 
त्यस्तै प्रकाश सोलुसन कम्पनीले ताप्लेजुङको पापुङ स्थित पापुङ खोलमा बन्न लागेको ५ मेगावाट क्षमता भएको सुपर पालुङ हाइड्रोपावरको सर्वे गर्न आवेदन दिएको छ । 
 
उज्यालो इनर्जी सोलुसनले दुई वटा आयोजनाको सर्वे गर्नका लागि विद्युत विकाश विभागमा आवेदन दिएको छ । कम्पनीले ५ मेगावाट क्षमता भएको तनहुँको अम्बुखैरेनीको मर्स्याङदी खोलामा बन्ने लोवेर मर्स्याङदी हाइड्रोपावर र ४ दशमलब ९ प्रतिशत क्षमता भएको सङ्खुवासभाको चेपुवा स्थित मेदोक चेजे खोलामा बन्ने मेदोक चेजे हाइड्रोपावरको सर्वे गर्न आवेदन दिएको हो । 
 
त्यस्तै नेपाल इलेक्सीटी अथोरिटी कम्पनीले मकवानपुरको कुलेखानीमा बन्ने १०० मेगावाट क्षमता भएको कुलेखानी सिस्नेरी पम्पेड स्टोरेज हाइड्रोपावरको सर्वे गर्न आवेदन दिएको छ ।
 
चन्दहा हाइड्रोपावर लिमिटेडले ४ दशमलब १०० प्रतिशत क्षमता भएको चन्दहा खोला हाइड्रोपावरको सर्वे गर्न अनुमतिका लागि आवेदन दिएको विद्युत विकाश विभागले जनाएको छ । 


 

बुधबार, २१ माघ २०७७, १३ : १६

प्रतिक्रिया