२ दिनमै ग्रीन लाइफ हाइड्रोपावरको आईपीओमा ७ लाख १६ हजार बढि आवेदन

आइतबार, २५ माघ २०७७, १३ : ००

काठमाडौं - ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले जारी गरेको साधारण शेयरमा ७ लाख १६ हजार बढि आवेदा परेको छ । आइतबार ११ बजेसम्ममा ७ लाख १६ हजार ८६९ वटा आवेदन मार्फत १ करोड २९ लाख ३३ हजार ३४० कित्ताका लागि आवेदन परेको हो । 

कम्पनीले यहि माघ २३ गतेदेखि सर्वसाधारणका लागि साधारण सेयर जारी गरेको थियो । यो सर्वसाधारणबाट माग भएको शेयरको तुलनामा ३.९८ गुणा धेरै हो ।
हाइड्रोपावरले सर्वसाधारणबाट ३२ लाख ५१ हजार ६५२ कित्ताका लागि आवेदन माग गरेको थियो । 

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशन गरेकोमा १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका तथा ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

कम्पनीको आईपीओमा माघ २७ गते मंगलबार कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ । उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्।
 

आइतबार, २५ माघ २०७७, १३ : ००

प्रतिक्रिया