कारोबारको तेस्रो घण्टा : ४०.३५ अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ७ अर्ब नजिक

३ बर्ष अगाडि

काठमाडौं- आइतबार नेपाल स्टक एक्सेन्च(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आउँदा ४०.३५ अंकले बढेको छ ।

कारोबार सुरु भएको तीन घण्टाको अवधीमा परिसुचक १.६३ प्रतिशतले बढेर २५१५.६१ को बिन्दुमा पुगेको छ ।

कारोबारका १२ उपसमुहमध्ये ३ उपसमुह ओरालो लागेका छन् भने बाँकी ९ उपसमुह उकालो लागेका छन् ।

कारोबारमा आएका १९९ कम्पनीको १ करोड १७ लाख २८ हजार ५६७ कित्ता शेयर ६३ हजार ९०६ पटक खरिद बिक्री हुदाँ ७ अर्ब ४४ करोड ९० लाख रुपैंया बराबरको कारोबार भएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया