१० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट, सबै लघुबित्त तथा फाइनान्स कम्पनी

३ बर्ष अगाडि

शेयर बजार कारोबार परिसूचक नेप्सेमा आज १० कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबार उच्च भएर सकारात्मक सर्किट लाग्ने कम्पनीहरुमा सबै लघुबित्त तथा फाइनान्स कम्पनी छन् । 

बिहीबार सारथी नेपाल लघुवित्त वित्तिय संस्था, डिप्रोक्स लघुवित्त वित्तिय संस्था, मेरो माइक्रोफाइनान्स वित्तिय संस्था, आरएसडीसी लघुवित्त वित्तिय संस्था, गणपति माइक्रोफाइनान्स वित्तिय संस्था, सिटिजन इन्भेष्टमेण्ट ट्रष्ट, निर्धनउत्थान लघुवित्त वित्तिय संस्था, मञ्जुश्री फाइनान्स र सुमित लघुवित्त वित्तिय संस्थाको कारोबारमा सकारात्मक सर्किट लागेको हो । 

आइतबार अन्य २८ कम्पनीको कारोबार पनि सर्किट लेभलमा पुगेका छ । नेप्से परिसूचक र कारोबारमा किर्तीमान कायम गरेसँगै ३६ कम्पनीको सेयरकारोबारमा उछाल आएको हो । अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर नेप्से परिसूचक २ हजार ५२४ विन्दुमा पुगेको छ भने यसअघि रू.९ अर्ब ८९ करोड कारोबार रकमको रेकर्ड ब्रेक गर्दै आइतबार हालसम्मकै उच्च रु १० अर्ब ४४ करोड १९ लाख ५१ हजार ३०४ बराबरको शेयर खरीदविक्री भएको हो ।

आइतवारको कारोबार दिनमा २०२ ओटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७३४ कित्ता शेयर ८७ हजार ६७० पटकमा शेयर खरीदविक्री भएको छ । कारोबारमा आएका १२ ओटा समूहमध्ये सबैभन्दा बढी लघुवित्त समूहको परिसूचक ७ दशमलव ७६ प्रतिशतले वृद्धि भएको हो । 

त्यसैगरी सर्वाधिक कारोबार भने हिमालयन डिष्टीलरी लिमिटेडको भएको छ । उक्त कम्पनीको रू। ५३ करोड १७ लाख ४९ हजार बराबरको शेयर खरीदविक्री भएको छ । उक्त कम्पनीले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आइतवार सार्वजनिक गरेको छ ।

नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य सबैभन्दा बढी अर्थात् ६ दशमलव २७ प्रतिशत घटेको छ । उक्त कम्पनीको शेयर मूल्य आइतवार घटेर प्रतिकित्ता रू। २९९ कायम भएको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया