आज चन्द्रागिरी हिल्सको ४० कित्ता कारोबार, खरिद गर्न चाहानेको चाप उच्च

३ बर्ष अगाडि

हिजो आइतबारबाट कारोबारमा आएको चन्द्रागिरी हिल्स लिमिटेडको आज पनि शेयर कारोबार भएको छ । 

कम्पनीको आज ४० कित्ता शेयर खरिद बिक्री भएको हो । आज कम्पनीको जम्मा ६ हजार ५६४ रुपैयाँको शेयर खरिद बिक्री भएको हो ।  

त्यस्तै, आज यस कम्पनीको शेयर खरिद गर्ने चाप उच्च रहेको छ । आज कम्पनीको १६ लाख ४६ हजार कित्ता शेयर खरिदका लागि ८ हजार ६ सय २४ जनाले माग राखेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया