रातो मच्छिन्द्रनाथको मूर्ति रङ्ग्याइँदै

शुक्रबार, २१ बैशाख २०८१, १४ : ४६

काठमाडौँ - रातो मच्छिन्द्रनाथको मूर्तिमा रङ लगाउन सुरु गरिएको छ । रोगनका लागि सिम्रिक हिन्गु, सरेस, प्रशोधित चुन तथा मोहनी (गाजल) र म्हैपी अजिमाबाट ल्याएको माटोको आवश्यकता पर्छ ।
 1

रङ लगाउनुअघि माटोले मच्छिन्द्रनाथको मूर्तिमा लेप लगाइन्छ । मच्छिन्द्रनाथको अनुहार र शरीरमा सिम्रिक रङको प्रयोग गरिन्छ भने आँखाका लागि चुन र मोहनीको प्रयोग गरिन्छ । रङ रोगन पश्चात् मूर्ति दश कर्मको लागि तंः बहालस्थित मच्छिन्द्रनाथ मन्दिरको एक कुनामा राख्ने चलन छ ।

3

2

 

शुक्रबार, २१ बैशाख २०८१, १४ : ४६

प्रतिक्रिया