हाल सम्मकै उच्च विन्दुमा नेप्से, कारोबार रकममा पनि नयाँ रेकर्ड

३ बर्ष अगाडि

साताको दोस्रो दिन आज नेप्से परिसूचकले नयाँ रेकर्ड बनाएको छ । आज नेप्से ३७ दशमलव ४८ अंकलेब ढेर २ हजार ५ सय ६१ दशमलव ४८ विन्दुमा पुगेको छ । 

यो अहिले सम्म कै उच्च विन्दु हो । त्यस्तै आज नेप्सेमा १० अर्ब भन्दा धेरै कारोबार भएको छ ।  आज २०५ कम्पनीका २ करोड  कित्ता सेयर किनबेच हुदाँ १० अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । 

कारोबार रकमको पनि यो नयाँ रेकर्ड हो । 

आज सबैभन्दा धेरै मूल्य बढ्नेमा बैंकिङ समूह पहिलो नम्बरमा देखिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया