एक वर्षमा हजार अंकले बढ्यो नेप्से सूचकाङ्क, बजार पुँजीकरण ३ हजार अर्ब भन्दा माथि

३ बर्ष अगाडि

चालु आवको पुस मसान्त सम्ममा नेप्से परिसूचक १०२३.२ अंकले बढेको छ । यस अवधिमा नेप्से २२८६.६ को विन्दुमा पुगेको छ । 

राष्ट्रका बैंकका अनुसार गत आवको यसै अवधीमा नेप्से सूचकाङ्क १२६३.४ रहेको थियो । त्यस्तै,  चालु आवकोे असार मसान्तमा यस्तो सूचकाङ्क १३६२.४ रहेको थियो । २०७७ पुस मसान्तमा धितोपत्र बजार पुँजीकरण रु.३०७९ अर्ब ९४ करोड पुगेको छ ।

 २०७७ असार मसान्तमा बजार पुँजीकरण रु.१७९२ अर्ब ७६ करोड रहेको थियो ।

२०७७ पुसमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २१५ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३७ जलविद्युत् कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ४/४ होटल तथा व्यापारिक संस्था र ६ अन्य समूहका रहेका छन ।

२०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया