ग्रीन लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

३ बर्ष अगाडि

काठमाडौं- ग्रीन लाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणका लागि विक्री खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (माघ २७) गते अन्तिम दिन हो ।

कम्पनीले गत २३ गतेदेखि प्रतिशेयर रू. १०० अंकित मूल्यको ३४ लाख ९६ हजार ४०० कित्ता शेयर विक्री खुला गरेको थियो ।  

यसअघि आयोजना प्रभावित स्थानियलाई आईपीओ विक्री खुला गर्दा वितरण हुन नसकेको १६ लाख ८६ हजार ४०० कित्तासमेत जोडेर कम्पनीले सर्वसाधारणमा शेयर निष्कासन गरेको हो । कुल कित्तामध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानीकोषको लागि र ६९ हजार ९२८ कित्ता शेयर कम्पनीका कर्मचारीमा बाँडफाँट गरी बाँकी ३२ लाख ५१ हजार ६५२ कित्ता शेयर सर्वसाधारणमा सार्वजनिक निष्कासन गरेको हो ।

यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म छिटोमा माघ २७ गते र ढिलोमा फागुन ७ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी बी प्लस ९आईएस० रेटिङग प्रदान गरेको छ । उक्त रेटिङ्गले निष्कासनकर्ता कम्पनी वित्तीय दायितव पुरा गर्न उच्च जोखिममा रहेको संकेत गर्दछ ।

यो आईपीओ विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया