बैंक अफ काठमान्डूको स्वामित्वमा रहेको दुई ओटा कम्पनीको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री

३ बर्ष अगाडि

बैंक अफ काठमान्डूको स्वामित्वमा रहेको दुई ओटा कम्पनीको संस्थापक शेयर आज  देखि लिलामीमा विक्री हुने भएको छ । 

कम्पनीले आरएमडिसी लघुवित्तको १ लाख ५० हजार कित्ता र छिमेक लघुवित्तको ७ लाख कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

कम्पनीले आरएमडिसी लघुवित्तको न्यूनतम शेयरमूल्य प्रतिकित्ता रू। ५२० र छिमेक लघुवित्तको रू। ६०० तोकेको छ ।

उक्त शेयर खरिद गर्न योग्य व्यक्ति, कम्पनी र संघ संस्थाले चैत ३ गते भित्र बिओके क्यापिटल, कमलादीमा आइपुग्ने गरी गोप्य शिलबन्दी बोलपत्र पेश गनुपर्ने हुन्छ ।   

आवेदकले चैत ३ गतेसम्म उक्त शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । कम्पनीको शेयर विक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया