रुरु जलविद्युत परियोजनाको आईपीओ निष्काशन फागुन ७ बाट

बुधबार, २८ माघ २०७७, ०८ : ३१

काठमाडौं - रुरु जलविद्युत परियोजनाले फागुन ७ गतेदेखि प्राथमिक शेयर आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा गुल्मीका स्थानीय बासिन्दाका लागि ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्ने भएका हो ।

कम्पनीले प्रतिशेयर एक सय रुपैयाँ अंकित मूल्यका कुल ८ लाख १५ हजार ४११ कित्ता आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । 

जसमध्ये पहलो चरणमा गुल्मीका स्थानीय बासिन्दाका लािग ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७०५ कित्ता शेयर जारी गर्ने छ । 

उक्त शेयरमा फागुन ७ गतेदेखि छिटोमा २१ गतेसम्म र ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिन पाइनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ४ लाख किता सम्मका लागि आवेदन दिन पाउने व्यवस्था छ ।

आईपीओ निष्काशनका लागि कम्पनीले एनएमबि क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा तोकेको छ ।

बुधबार, २८ माघ २०७७, ०८ : ३१

प्रतिक्रिया