विद्युत जडानमा देखिएन प्रगति, लक्ष्य भन्दा कम विद्युत प्रसारण लाइनमा जोडियो

बुधबार, २८ माघ २०७७, १३ : १४

काठमाडौं –  विद्युतको खपतको मामलामा सरकारको प्रगति लक्ष्य बढी देखिएको छ । सरकारले २०१९ सम्म प्रतिव्यक्ति २३० किलोवाट घण्टा विद्युत खपत गराउने लक्ष्य लिएको थियो । तर, १०१९ सम्म प्रति व्यक्ति  विद्युत खपत क्षमता २६० पुगेको एक  तथ्यांकले देखाएको छ । 

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको दिगोे विकास लक्ष्य प्रगती प्रतिवेदनले यस्तो देखाएको हो । यसैगरि, सरकारले २०३० सम्म विद्युत खपत क्षमता प्रति व्यक्ति १५०० किलोवाट घण्टा पुर्याउने लक्ष्य लिएको छ । 
जलविद्युतको जडित क्षमतामा भने सरकारको लक्ष्य अनुसार भन्दा कम प्रगति देखिएको छ । सरकारले राष्ट्रिय प्रसारण लाइनमा २०१९ सम्म विद्युतको जडित क्षमतका २ हजार ३०१ मेगावाट पु¥याउने लक्ष्य लिएको थियो । २०१९ सम्म १२५० मेगावाट विद्युत मात्र प्रसारण लाइनमा जोडिएको छ । त्यो अनुसार लक्ष्यमा १ हजार ५१ मेगावाट कम विद्युत मात्र राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । यद्यपि, सरकारले २०३० सम्म विद्युतको जडित क्षमता १५००० पुर्याउनले लक्ष्य लिएको छ । 

बुधबार, २८ माघ २०७७, १३ : १४

प्रतिक्रिया