कारोबारको दोस्रो घण्टा : झिनो अंकले बढ्यो नेप्से, कारोबार रकम साढे ३ अर्ब माथि

३ बर्ष अगाडि

काठमाडौं-  साताको अन्तिम दिन (बिहिबार) नेपाल स्टक एक्सेन्च (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टमा झिनो अंकले बढेको छ ।

कारोबार सुरु भएको दुई घण्टाको अवधीकमा परिसुचक १.५० अंकले बढेर २५४४.५२ को बिन्दुमा पुगेको छ । 

एक बजेसम्म आइपुग्दाँ १२ उपसमुहमध्ये ४ उपसमुह उकालो लागेका छन् भने बाँकी ८ उपसमुहमा भने राताम्मे छाएको छ ।

हालसम्म कारोबारमा आएका १९८ कम्पनीको ७१ लाख ४२ हजार २९६ कित्ता शेयर ३२ हजार ९०३ पटक खरिद बिक्री हुँदा ३ अर्ब ६१ करोड ६० लाख रुपैंया बराबरको कारोबार भएको छ । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया