भोली राजधानीका कुन कुन स्थानमा विद्युत जाँदैछ ?

शुक्रबार, ३० माघ २०७७, ११ : ०२

नेपाल विद्युत प्राधिकरणले भोली शनिबार राजधानीका विभिन्न स्थानमा विद्युत काट्ने भएको छ । 

प्राधिकरणले सडक विस्तारको कार्य भईरहेकोले विद्युतीय संरचना सार्नु पर्ने भएकोले विद्युत सेवा बन्द हुने जनाएको हो । 

प्राधिकरणका  अनुसार भोलि साँखु फिडर अन्तर्गतको गोकर्णेश्वर चौतारा,नाम्गेल, बिपी चोकदेखि सुन्दरीजल, मेलम्ची दोबाटो, काठमाडौँ उपत्यका खानेपानि प्रशोधन केन्द्र र सोहि सडक खण्डको आसपासको क्षेत्रसम्म बिहान ११ बजेदेखि दिउँसो २:३० बजेसम्म विद्युत काटिने जनाएको छ । 

त्यस्तै, गोठाटार फिडर अन्तर्गत पेप्सीकोला उद्योग, पेपीकोला टाउन प्लानिङ, र आसपास क्षेत्रसम्म शन्विअर् बिहान ११ बजेदेखि दिउँसो १२:३० बजेसम्म, कोटेश्वर फिडर अन्तर्गतको जडिबुटी एरिया र नरेफाँट क्षेत्रमा पनि दिउँसो १:३० देखि २:३० बजेसम्म, कपन फिडर अन्तर्गत भण्डारी गार्मेन्ट, निलो पुल, ढलाने पुल र बुढानिलकण्ड नगरपालिका वडा नम्बर १० आसपास क्षेत्रसम्म फागुन २ गते बिहान ११ बजेदेखि दिउँसो १:३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने बताइएको छ । 


 

शुक्रबार, ३० माघ २०७७, ११ : ०२

प्रतिक्रिया