अन्तिम चरणमा अपि पावरको ४ मेगावाट सोलार निर्माण

३ बर्ष अगाडि

अपि पावर कम्पनीले निर्माण गरिरहेको ४ मेगावाट चन्द्रनिगापुर सोलार आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । कम्पनीले यो आयोजना ६ महिना भित्र निर्माण गरि नेपालको सबैभन्दा छिटो सोलार आयोजना सम्पन्न गर्ने आर्को किर्तिमान राख्न लागेको छ । 

कम्पनीले १२ बिघा जमिनमा ४५० वाट पिकका ११११२ प्यानल राखि आयोजना संचालनमा ल्याउने भएको छ । कम्पनीले उत्पादित विद्युत शक्ति ३ किलोमिटर लामो ३३ के।भी। ट्रान्समिसन लाइनबाट चन्द्रनिगापुर सवस्टेशनमा लगि जडान गरिनेछ कम्पनीले जनाएको छ । 

यो आयोजनाबाट २ नं प्रदेशलाई थप उर्जा प्राप्त भई सो क्षेत्रको उद्योग एवं कलकारखानाहरुलाई थप सहयोग मिल्ने विश्वास कम्पनीले लिएको छ । कम्पनीले आगामी बैशाख महिना भित्रै आयोजनाको व्यापारिक उत्पादन गर्ने जनाएको छ ।   

कम्पनीले दोस्रो चरणको सोलार आयोजनाहरुमा १ मेगावाट ढल्केवर र १ मेगावाट सिमराको निर्माण कार्य समेत २०७८ बैशाख १ गतेबाट नै शुरु गर्ने जनाएको छ । कम्पनीले निर्माण गरिरहेको ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको करिव ३० प्रतिशत कार्य समापन भई निर्माण कार्य द्रुत गतिमा भईहरेको जनाएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया