प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले पुरानो संसद विकासको बाधक भएको कारणले संविधानको अधिकारलाई प्रयोग गरेर आफूले नयाँ जनमतका लागि संसद विघटन गरेको बताएका छन् ।
विराटनगरमा शनिवार आयोजित जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रचण्ड–नेपाल पक्ष पार्टीबाट बाहिरिएपछि मात्र संवैधानिक नियुक्त गर्न सफल भएको दावी गरे । उनले प्रचण्ड–माधव नेपाल पक्षतिर लागेकाहरु आफूतिर फर्किन थालेको पनि बताए । जसअनुसार आजमात्रै शेरबहादुर तामाङ र उषाकला राई आफ्नो समूहमा फर्किएको उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले प्रचण्ड–माधव समूहले कतिपयलाई झुक्याएर हस्ताक्षर गराएको दावी गर्दै उताबाट फर्केर आफूकहाँ आउन पनि आग्रह गरे ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।