काठमाडौं - प्रचण्ड–नेपाल समूहले काभ्रपलाञ्चोक जिल्लाको चौरीदेउराली गाउँपालिकामा भएको आक्रमणमा आफूहरुको कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
प्रचण्ड–नेपाल समूह, काभ्रेकी अध्यक्ष रुकु चौलागाईंले यसबारे स्पष्ट दिएकी हुन् । साथै ओली पक्षका साथिहरु किन आत्तिएको रु’ भनदै प्रश्नसमेत गरेकी छिन् ।
संगठन विस्तार गर्न चौरीदेउराली पुगेका नेकपा ओली पक्षका नेताहरु बास बसेको घर र नेताहरु चढेको गाडी तोडफाड भएको आरोप ओली पक्षले लगाएको छ । तर, सो बारे आफूहरुको संलग्नता नभएको अध्यक्ष चौलागाईंले बताएकी छिन् ।
वडा समिति गठन कार्यक्रममा सहभागी हुन गएका ओली पक्षका नेता कार्यकर्ता राती अबेरसम्म गाउँको एक घरमा होहल्ला गरेर बसेका थिए ।
तर पूर्वमन्त्री समेत रहेका ओली पक्षका नेता गोकुल बाँस्कोटाले प्रचण्ड–नेपाल समूहका कार्यकर्ताले घटना घटाएको आरोप लगाएका थिए ।
उक्त घटना घटेको र त्यसबारे कुनै प्रहरी परिचालन अहिले नभएको काभ्रेका डिएसपी कुमार विक्रम थापाले बताएका छन् ।
मुद्रा | खरिद | बिक्री |
---|---|---|
U.S. Dollar | १२२.०३ | १२२.६३ |
European Euro | १३१.६६ | १३२.३१ |
UK Pound Sterling | १५०.८७ | १५१.६१ |
Swiss Franc | १२५.०९ | १२५.७१ |
Australian Dollar | ७७.७८ | ७८.१६ |
Canadian Dollar | ८६.९२ | ८७.३५ |
Singapore Dollar | ८५.६५ | ८६.०८ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।