५० वर्षीय सांसदले १४ बषीया किशोरीसँग विवाह गरेको खुलासा !

३ बर्ष अगाडि

पाकिस्तानमा एक सांसदले १४ वर्षकी किशोरीसँग विवाह गरेका छन् ।

पाकिस्तानका सांसद मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षीया  किशोरीसँगको विवाह  गरेका हुन् । एएनआईको रिपोर्टका अनुसार अंजुमन दावत–ओ–अजिमत संस्थाले आयुबीले प्रहरीसमक्ष विवाह गरेको किशोरीको विवाह गर्ने उमेर पुगे नपुगेको अनुसन्धान गरेर उमेर नभएको खण्डमा प्रिभेन्सन अफ चाइल्ड म्यारिज एक्टअनुसार दोषीमाथि कारवाही गर्न निवेदन दिएको छ ।

डनको रिपोर्ट अनुसार १४ वर्षकी किशोरीको विवाह चौगुणा बढी उमेरका व्यक्तिसँग भएको चर्चा चलिरहेको छ ।

पाकिस्तानका चित्रल प्रहरीका इन्स्पेक्टर सज्जाद अहमदले किशोरीका पिता घरमा नभएको र उनी घरमा आएपछि अनुसन्धान गरिने जानकारी दिए ।

पाकिस्तानी मिडियाका अनुसार मौलाना सलाहुद्दीन आयुबीको उमेर ५० वर्ष माथि छ । प्रहरी अधिकारीका अनुसार ती किशोरी गर्ल्स हाई स्कूलकी छात्रा थिइन् । स्कूलमा ती किशोरीको जन्म मिति २८ अक्टोबर सन् २००६ दर्ता गरिएको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया