‘सर्वोच्चले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई’ : प्रचण्ड

मंगलबार, ११ फागुन २०७७, १८ : ३५

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरिएको छ।
 फैसला भएसंगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतको फैसला जनताको पक्षमा आएको बताएका छन्।

अध्यक्ष दाहालले अदालतको फैसलाले नेपाली जनताको जित भएको बताए । ‘संविधानवाद, नेपाली जनता, गणतन्त्र र लोकतन्त्रको जित हो’, प्रचण्डले भने, ‘सर्वोच्च अदालतले सही फैसला गरेको छ, नेपाली जनतालाई बधाई’।

सर्वोच्चको संवैधानिक इजलासले  फैसला सुनाउँदै १३ दिनभित्र संसद बैठक बोलाउन आदेश गरेको छ।

मंगलबार, ११ फागुन २०७७, १८ : ३५

प्रतिक्रिया