'ओलीसँग मिल्ने सबै सम्भावना सकिए'

विहीबार, १३ फागुन २०७७, १५ : ५९

 

दाहाल-नेपाल नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिल्ने सबै सम्भावना सकिएको बताएका छन्। बिहीबार जनता समाजवादी पार्टी नेपालका नेताहरुसँगको  छलफलमा ओलीसँग मिल्ने सबै विकल्प बन्द भएको प्रचण्डले बताएका छन्। 

छलफलमा ओलीको प्रतिगामी कदमका कारण विभाजित पार्टी अब एक हुनै नसक्ने तर्क गर्दै बहुमत रहेकाले आफूहरु नै आधिकारिक रहेको तर्क गरेका थिए। 
 

विहीबार, १३ फागुन २०७७, १५ : ५९

प्रतिक्रिया