काठमाडौं - नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाईमा ७ वटा बैंकहरुले सुपर त्रिशूली जलविद्युत आयोजनामा १२ अर्ब १८ करोड ४९ लाख रुपैयाँ ऋण लगानी गर्ने भएका छन ।
उक्त आयोजनामा ऋण लगानी गर्ने नेपाल इन्भेष्टमेन्टको अगुवाईमा कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एभरेष्ट बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक र नबिल बैंकले रहने छन् ।
आयोजनाको ऋण सम्झौतामा सराफ समूहका कार्यकारी निर्देशक बरुण सराफ र बैंकहरूका प्रतिनीधिहरुबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको हो ।
ब्ल्यू इनर्जी लिमिटेडले निर्माण गर्न लागेको १०० मेगावाटको आयोजना बनाउन १६ अर्ब २४ करोड ६६ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । उक्त आयोजनामा ७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजी लगानी रहनेछ । आयोजनामा प्रवद्र्धक कम्पनीले २५ प्रतिशत अर्थात ४ अर्ब ६ करोड १६ लाख रुपैयाँ स्वपुँजी लगानी गर्नेछ ।
प्रतिक्रिया