चिनको  लगानीबाट नेपालमा उत्पादन भएको बिजुली भारतमा प्रतिबन्ध

शनिबार, १५ फागुन २०७७, १२ : ४२

नेपालमा उत्पादित बिजुलीलाई आयातमा भारत सरकारले  प्रतिबन्ध लगाएको छ । भारतको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणले चिनियाँ लगानीबाट उत्पादित बिजुलीमाथि प्रतिबन्ध लगाएको हो ।

शुक्रबार भरतको  केन्द्रीय विद्युत प्राधिकरणले   स्वीकृत गरेको सीमापार अन्तर्देशीय विद्युत आयात निर्यात कार्यविधिमा विद्युत सम्झौता नभएका मुलुकको नियन्त्रण र लगानीबाट उत्पादित बिजुलीलाई प्रतिबन्ध लगाएको हो । 

भारतको चीनसँग विद्युत सम्झौता नभएता पनि नियन्त्रण र लगानीबाट उत्पादित बिजुली भारतले आयात प्रतिबन्ध लगाएको छ ।

नेपालमा चिनियाँ लगानीमा झण्डै आठ सय मेगावाट विभिन्न जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता पीपीए गर्न लागेको बेला भारतले यस्तो प्रतिबन्ध लगाएको हो । 

अब चिनियाँ लगानीबाट नेपालमा विद्युत उत्पादन भए नेपालले नै प्रयोग गर्नुपर्ने हुन्छ या चीन या भारतबाहेकको देशले आयात गर्नुपर्ने हुन्छ ।

शनिबार, १५ फागुन २०७७, १२ : ४२

प्रतिक्रिया