काठामडौं - नेपाल विद्युत् प्राधिकरणले २२ उद्योगलाई पत्राचार गरेको छ । भैरहवा–बुटवल औद्योगिक करिडोरका उक्त उद्योगहरुलाई ट्रंकलाइनबाट विद्युत प्रयोग गरेबापत बक्यौता तिर्न पत्राचार गरेको हो ।
२०७५ वैशाखदेखि २०७६ मंसिरसम्म ट्रंकलाइन बापतको छुट महसुल भन्दै रकम भुक्तानीको लागि प्राधिकरणले ३५ करोड भन्दा बढी विल पठाएको छ ।
उद्योगीले भने उक्त महशुल मिनाहा हुनुपर्ने माग गरिरहेका छन् । ट्रंकलाइन जडान गरेको अवस्थामा उद्योगीले सामान्य लाइनभन्दा ६७ प्रतिशत बढी विद्युत महशुल बुझाउनुपर्ने हुन्छ ।
प्रतिक्रिया