युनाईटेड इदीको नाफा २८ लाख ५७ हजार

३ बर्ष अगाडि

काठमाडौं - युनाईटेड इदी–मर्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्ष ६ महिनामा २८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । 

कम्पनीले सार्वजनिक गरेको ६ महिनाको वित्तीय विवरण यस्तो देखाएको हो । उक्त विवरण अनुसार गत वर्ष एक करोड ६ लाख २८ हजार रुपैयाँ नोक्सानमा रहेको कम्पनीले दोस्रो त्रैमाससम्म आइपुग्दा २८ लाख ५७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
 
यसैगरी, दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले बिजुली बेचेर ७ करोड ५१ लाख ५५ हजार रूपैयाँ आम्दानी गरेको छ । उक्त रकम गत आर्थिक वर्षको यसै अवधिको तुलनामा ६७.४६ प्रतिशतले धेरै हो । 

गत आर्थिक वर्षको यसै अवधिसम्ममा कम्पनीले बिजुली बेचेर  ४ करोड ४८ लाख ७७ हजार रुपैयाँ आम्दानी गरेको थियो । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया