''देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किए'': प्रधानमन्त्री  ओली

३ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपाल पक्षलाई आफूलाई अविश्वासको प्रस्तावबाट हटाएर देखाउन चुनौती दिएका छन् ।

 नेपाल–चीन मैत्री औद्योगिक पार्कको  शिलान्यास गर्न आइतबार गृह जिल्ला झापा  पुगेका ओलीले आफूलाई अविश्वासको प्रस्तावबाट हटाए आफू फेरि जनताबाट निर्वाचित हुने दाबी समेत गरे ।

‘संसदीय दलको नेता केपी ओली हो । म राजीनामा दिन्नँ । तपाईंहरूले मुद्दा लडेर संसद् पुनःस्थापना भएको हो । केपी ओलीलाई हटाएर देखाउनुस् न, अविश्वासको प्रस्ताव राखेर हटाएर देखाउनुस् । पहिला पनि अविश्वासको प्रस्तावबाट हटाएको हो, हटाउन सक्नुभएछ भने म फेरि ३ करोड नेपालीबाट निर्वाचित भएर आउँछु,

आफूलाई हटाउन पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवासँग अनुनय विनय गरेपनि देउवाले जवाफ नदिएपछि अँध्यारो मुख लगाएर फर्किएको उनले बताए । 

‘विमानस्थलमा ओर्लेपछि सेक्युरिटीले कहाँ जाऊँ भन्दा साथीहरूले बूढानीलकण्ठ लागेछन्, नन्दी भृंगी जम्मा भएर सरकार बनाऔं भन्ने प्रस्तावमा पार्टीमा छलफल गर्नुपर्ने भनेपछि प्रस्ताव लिएकाहरू अँध्यारो मुख लगाएर फर्के,’ ओलीले भने, ‘अर्को ठाउँमा गएर सबै मिलेर जाऊँ भन्दा तपाईंहरू कुन पार्टीबाट आउनुभएको भनेपछि झस्याङ्ग भए नेताहरू ।’

३ बर्ष अगाडि

प्रतिक्रिया