सूर्य चिन्ह आधिकारिक रुपमा पाइसकेको प्रचण्डको दावी

३ बर्ष अगाडि

काठमाडौं - नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सूर्य चिन्ह आफूले पाइसकेको बताएका छन् । आधिकारिक रुपमा सूर्य चिन्ह पाएको घोषणा हुनमात्रै बाँकी रहेको बताएका हुन् ।

कार्की बैंकेट बबरमहलमा भएको पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघ एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो भनेका हुन् । 

साथै निर्वाचन आयोगको 'सेटिङ' पनि चाँडै भत्किने दाबी गरेका छन् । सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओली समूहले सेटिङ गरेको भ्रम फैलाए पनि त्यो सफल नभएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताको आधारमा र अन्तराष्ट्रिय मूल्य मान्यताका आधारमा राजीनामा गर्नुपर्ने भए पनि त्यसो नगरेको उनको भनाई थियो ।

त्यस्तै पार्टीका नेता कार्यकर्तालाई प्रलोभन देखाएर ओलीले आफूतिर तान्न कोसिस गरिरहेको पनि उनले आरोप लगाए । 

३ बर्ष अगाडि

प्रतिक्रिया