राधी विद्युत कम्पनीको साधारण सभा आज, छैन लाभांश

३ बर्ष अगाडि

काठमाडौं - राधी विद्युत कम्पनीको साधारण सभा आज हुँदै छ । माघ २६ गते सोमबार सम्पन्न भएको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार आज सभा हुने भएको हो । 

सभा कम्पनीको कार्यालय, त्रिपुरेश्वर, काठमाडौँमा हुँदैछ । कम्पनीले अघिल्लो आर्थिक वर्ष २०७५/७६ बाट शेयरधनीलाई कुनैपनि लाभांश वितरण नगर्ने भएको छ ।

सभामा वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब, लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण, र प्बन्धपत्र तथा नियमावली संसोधन गर्ने लगायतका प्रस्तावहरु रहेका छन् ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया