प्रचण्ड–माधव समूहका गौतम ३ महिना पछि पक्राउ

३ बर्ष अगाडि

प्रचण्ड–माधव नेकपा समूहका ट्रेड युनियन महासंघका सल्लाहकार पिताम्बर गौतम पक्राउ परेका छन् ।

सहकारी ठगी मुद्दामा उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी बरिष्ठ उपरिक्षक (एसएसपी) अशोक सिंहले रातोपाटीलाई बताए । परिसर काठमाडौंको टोलीले उनलाई ठमेलबाट पक्राउ गरेको हो ।

ढोरपाटन बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई ठगेको मुद्दामा जिल्ला अदालत काठमाडौंले उनलाई ६ महिना कैद सजाय हुने फैसला गरेको थियो । ०७७ मंसिर १९ मा अदालतको फैसलापछि उनि फरार थिए ।

फैसला कार्यान्वयनका लागि उनलाई अदालतमा उपस्थित गरिने एसएसपी सिंहले बताएका छन् । ०७४ असार २२ मा अदालतले १ लाख २८ हजार बिगो ठहर गरेको थियो । सो रकम तिर्न आनाकानी गरेपछि अदालतले फेरि उनलाई जेल सजायका फैसला गरेको थियो ।

३ बर्ष अगाडि

प्रतिक्रिया