'विप्लव' पुगे  प्रधानमन्त्री निवास

३ बर्ष अगाडि

 नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री निवास बालुवाटारमा प्रवेश गरेका छन् । सामाखुसीमा नेताहरु खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, धर्मेन्द्र बास्तोला ‘कञ्चन’ र उदयबहादुर चलाउने ‘दिपक’सँग आन्तरिक छलफल पछि उनी बालुवाटार गएका हुन् ।

नवलपरासी पूर्वको देवचुलीमा शुक्रवार विहान सार्वजनिक भएका उनी सडकमार्गबाट काठमाडौं आएका हुन् । आफ्ना कार्यकर्तासहित दुईवटा स्कर्पियो गाडीमा उनी नागढुंगाबाट उपत्यका छिरेका थिए ।

काठमाडौं प्रवेशपछि सामाखुसीमा उनले केही समय बिताए । अनि, बालुवाटार गएका हुन् । बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग उनले भेटवार्ता गर्नेछन् । प्रधानमन्त्रीसँग भेटवार्ता पछि राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई उनले सम्बोधन गर्नेछन् । 

समारोहलाई प्रधानमन्त्री ओली र ‘विप्लव’ले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया