‘'आफ्नो पार्टी भाँड्ने, फुटाउने अनि अन्त प्रधानमन्त्री खाइदिनुस् भनेर जाने?.." : प्रधानमन्त्री

३ बर्ष अगाडि

 प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–माधव पक्षले देशलाई वर्वाद पार्न खोजेपनि उनीहरुको योजना सफल हुन नदिने बताएका छन् ।  शुक्रबार राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफु नेकपा संसदीय दलको नेता यता रहेको तर उता दलको बैठक राखेर तमासा देखाएको बताएका हुन् । उनले प्रचण्ड माधवको नाम उच्चारण नगरि केही मान्छेहरु देशलाई वर्वाद पार्न तर्फै लागेको बताएका हुन् । 

‘केही मान्छेहरु देशलाई बर्बाद नै पार्न खोज्दैछन् । म यहाँ छु संसदीय दलको बैठक गर्न खोज्दैछन् । उहाँहरु मरिमेटेर लाग्नुभएको छ’, ओलीले भने, ‘उहाँहरुलाई देखेर अचम्म लाग्छ पनि लाग्दैन पनि । ’ प्रधानमन्त्री ओलीले आफ्नो दुई तिहाई भत्काएर प्रचण्ड नेपाल पक्ष अर्को व्यक्तिलाई प्रधानमन्त्री भइदेउ भन्दै गुहार्न थालेको बताए ।

‘आफ्नो पार्टी भाँड्ने, फुटाउने अनि अन्त प्रधानमन्त्री खाइदिनुस् भनेर जाने रु नेतृत्व गर्न छोड्ने अनि अन्तै गरिदिनुस् भनेर जाने मैले पढेको मार्क्सवादमा यो पर्दैन’ ओलीको भनाई छ । उनले  यस्ता तमासा भएपनि यस देशमा हाम्रो पार्टी पनि छ भन्ने सोच्न नेताहरुलाई आग्रह गरे । 
 

३ बर्ष अगाडि

प्रतिक्रिया