आज ओली समूहको संसदीय दलको बैठक बस्दै

३ बर्ष अगाडि

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाको संसदीय दलको बैठक आज बस्ने भएको छ । बैठक बालुवाटारमा बस्ने भएको छ ।  

प्रधानमन्त्री ओलीले नेकपा उपाध्यक्ष तथा राष्ट्रिय सभा सदस्य वामदेव गौतमलाई आज बस्ने आफ्नो समूहको संसदीय दलको बैठकमा आउन आग्रह गरेका छन् । 

भैसेपाटीस्थित गौतम निवास पुगेका प्रधानमन्त्री ओलीले शनिबार बस्ने संसदीय दलको बैठकमा आउन आग्रह गरेका हुन् ।

शुक्रबार प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक राखेर पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेता चयन गरेको थियो । उक्त समूहले आफ्ना पक्षमा १११ सांसद रहेको दाबी गरेको छ ।

दुबै समूहले ससंदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया