सर्वोच्चको फैसला पछि प्रचण्डले भने,'फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ’

आइतबार, २३ फागुन २०७७, १५ : ५३

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वोच्च अदालतको फैसला अपेक्षा गरिएभन्दा विपरित आएको बताएका छन्।

सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रुटिपूर्ण भन्दै बदर गरिदिएपति प्रचण्डले अपेक्षा गरिएभन्दा विपरित फैसला भएको बताएका हुन् ।  दाहालले भने सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन। फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ।’

दुई वर्ष पुरानो मुद्दामा न्यायाधीशहरू वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपाको नाम विवादमा आइतवार फैसला सुनाएको हो।

आइतबार, २३ फागुन २०७७, १५ : ५३

प्रतिक्रिया