काठमाडौं - १० मेगावाट भन्दा साना जलविद्युत आयोजनाहरुलाई केन्द्रीय बैंकले विशेष पुनरकर्जा उपलब्ध गराउने भएको छ ।
नेपाल राष्ट्र बैंकले आइतवार पुनरकर्जा कार्यविधि २०७७ को पहिलो संशोधन गर्दै दश मेगावाटभन्दा साना जलविद्युत् आयोजनालाई विशेष पुनरकर्जा दिने व्यवस्था व्यवस्था थप गरेको हो ।
यस्तो विषेश पुनरकर्जा ग्राहकले ३ प्रतिशत ब्याजदरमा पाउनेछन् । साना जलविद्युत योजनाका लागि पुनकर्जा लिनु पर्दा उक्त आयोजना ९ग्राहक० ले तोकिएको कागजातका साथै पुनरकर्जा आवश्यकता सम्बन्धमा बैंक वित्तीय संस्थाको सिफारिश समेत संलग्न गरी आवेदन दिनुपर्ने व्यवस्था थप गरिएको छ ।
यस्तो कर्जा माग गर्ने बैंक तथा वित्तीय संस्थाले केन्द्रीय बैंकलाई एक प्रतिशत मात्र ब्याजदर दिनुपर्नेछ ।
सरकारले पुनरकर्जा कोषलाई एक खर्बको बनाउने भनेपछि हाल कोषको आकार ६० अर्ब रुपैयाँ बरावरको रहेको छ । कोषको आकारको ५ गुणासम्म पुनरकर्जा दिन सकिने कार्यविधिमा उल्लेख छ ।
प्रतिक्रिया