रिभर पल्स पावरले आईपीओ निष्काशन गर्ने, कहाँ पुग्यो प्रक्रिया ?

मंगलबार, २५ फागुन २०७७, १३ : ३५

काठमाडौं – रिभर पल्स पावरले सर्वसाधारणलाई ३४ लाख ३० हजार कित्ता आईपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित सहितका सर्वसाधारणका लागि सो बराबरको आईपीओ बिक्री गर्ने तयारी गरेको हो । 
यसका लागि कम्पनीले शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटललाई नियुक्त गरेको छ । त्यससम्झौतामा रिभर फल्स पावर लिमिटेडका तर्फबाट सञ्चालक मित्र लाल श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध संचालक दिनेश थकालीेले हस्ताक्षर पनि गरिसकेका छन् । 

रिभल फल्स पावर लिमिटेडले संखुवासभा जिल्लाको धर्मदेवी नगरपालिकामा अवस्थित पिलुवाखोलामा १०.३ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । यो आयोजनाको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भइसकेको छ ।
अब कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिनुपर्नेछ । साथै, विद्युत नियमन आयोगबाट पनि पुर्व स्वीकृति लिनुपर्ने छ । 

मंगलबार, २५ फागुन २०७७, १३ : ३५

प्रतिक्रिया