लोअर इर्खुवा हाइड्रोले बोलायो वार्षिक साधारण सभा, कहिले ?

शुक्रबार, २८ फागुन २०७७, ०९ : ०२

काठमाडौं - लोअर इर्खुवा हाइड्रो पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभाको आह्वान गरेको छ । 

फागुन १९ बगे बसेको कम्पनीको सञ्चालक समितिको निर्णय अनुसार कम्पनीले चैत्र २० गतेका लागि आफ्नो दोस्रो वार्षिक साधारण आह्वान गरेको हो । 

सभा दरवारमार्गको ल्याण्डमार्क होटल काठमाडौंमा दिउँसो ३ बजेबाट सुरु हुने कम्पनीले जनाएको छ । 

सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल, नाफा नोक्सानको हिसाब र सोही अवधिको नगद प्रवाहमा छलफल हुने छ । 

साथै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ति गर्ने सम्बन्धमा पनि छलफल हुने कम्पनीले जनाएको छ । 

शुक्रबार, २८ फागुन २०७७, ०९ : ०२

प्रतिक्रिया