काठमाडौं - सिक्लेस हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा हुने भएको छ ।
फाल्गुन २६ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनिको १५ औं र १६ औं वार्षिक साधारण सभा बस्ने निर्णय गरेको हो ।
सभा पोखराको टेम्पल ट्रि रिसोर्टमा आगामि चैत्र २२ गते हुने भएको छ ।
सभाले आर्थिक बर्ष २०७६/२०७७ को मुनाफाबाट ३.६० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेे छ ।
साथै सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन प्रस्तुत गर्ने र आगामी आ।व। को लागी लेखा परीक्षक नियुक्ति एंव परिश्रमी निर्धारण गर्ने प्रस्ताव पेश गरिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया