युनाइटेड ईदि एण्ड आर. बि. हाइड्रोपावरले बोलायो साधारण सभा, सञ्चालक समितिको निर्वाचन हुने

शुक्रबार, २८ फागुन २०७७, ०९ : ४०

 
काठमाडौंः  युनाइटेड ईदि एण्ड आर. बि. हाइड्रोपावरको ११ औं साधारण सभा हुने भएको छ । 


फाल्गुन २६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत्र २० गते सभा गर्ने निर्णय गरेको हो । 


पोखराको होटल सांग्रिला भिलेजमा हुने सभामा शेयर धनीको तर्फ बाट १ जना सञ्चालक समितिको लागी निर्वाचन गरिने समेत भएको छ । 


सभामा प्रबन्धपत्र तथा नियमावली संशोधन तथा थपघट भएमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव सभामा लगिने कम्पनीले जनाएको छ । 
 

शुक्रबार, २८ फागुन २०७७, ०९ : ४०

प्रतिक्रिया