काठमाडौं –पछिल्लो समय नेपालको उर्जा क्षेत्रमा बैदेशिक लगानीकर्ताको आर्कषण न्यून देखिएको छ । बिगतका बर्षहरुमा उर्जा क्षेत्रमा बैदेशिक लगानी प्रतिवद्धता उच्च मात्रामा हुने गर्दथ्यो । तर, चालु आवमा भने उर्जा क्षेत्रमा बैदेशिक लगानी प्रतिवद्धताको ह्वात्तै घटेको छ ।
चालु आवको हालसम्म (फागुन २८ गतेसम्म) अमेरिकाबाट एक उर्जा कम्पनीमा ५८ लाखको मात्र लगानीको प्रतिवद्धता आएको छ । गत आवको सोही अवधीमा भने उर्जा क्षेत्रमा ४ अर्ब ९७ करोड ८७ लाखको प्रतिवद्धता आएको थियो । गत आवमा बिभिन्न ५ कम्पनीमा सो बराबरको बैदेशिक लगानीको प्रतिवद्धता आएको थियो ।
गत आवमा उर्जा क्षेत्रमा त्यसरी उच्च मात्रामा लगानीको प्रतिवद्धता आउँदा यसपटक भने घटेको । बिशेषगरि कोरोना कहरका कारण लगानीको प्रतिवद्धतामा कमी आएको बुझिएको छ ।
प्रतिक्रिया