काठमाडौंः नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको २४ औं वार्षिक साधारण सभा बस्ने भएको छ ।
फाल्गुन २३ गते बसेको सञ्चालक समितिको बैठकले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
सभामा वार्षिक प्रतिवेदन, लेखापरीक्षणको प्रतिवेदन माथि छलफल गरिने समितिले जनाएको छ । साथै सभामा आगामी आ.व. को लागी लेखापरीक्षक नियुक्ति तथा कम्पनीको नियमावली संसोधन गर्ने सन्दर्भमा समेत छलफल हुने छ ।
सभा डेलिश ओपेरा रेष्ट्रो एण्ड बैङ्क्वेट बालुवाटारमा आगामी २७ गते हुने समितिले जनाएको छ ।
प्रतिक्रिया