नयाँ वर्षमा बजाजले ल्यायो 'बजाज शून्य अफर'

चैत २, २०७७ | आजको अर्थ
ajaako_artha

नेपालका लागि बजाज बाइकको आधिकारिक बिक्रेता हंसराज हुलास चन्द एन्ड कम्पनीले आउँदै गरेको नयाँ वर्ष २०७८ लाई मध्यनजर गर्दै नयाँ बजाज किन्ने ग्राहकका लागि बजाज शून्य अफर ल्याएको छ ।

कम्पनीका अनुसार अफरमा सहभागी हुन ग्राहकले कुनै पनि बजाज बाइक बजाजको आधिकारिक सोरुम वा बिक्रेताबाट खरिद गर्नुपर्नेछ । योजनाअनुसार बजाजका कुनै पनि बाइक खरिद गर्दा ग्राहकले शून्य टेन्सनका साथ शून्य प्रतिशत ब्याजदरमा बाइक किन्ने सुविधा वा एसएमएसमार्फत प्राप्त आफ्नो युनिक कोडलाई बिक्रेतासँग रहेको एपमा इन्टर गरी दोस्रो एसएमएसमार्फत ४ वटादेखि ६ वटासम्म शून्य प्राप्त गरी पूरै १० लाखसम्म जित्न सक्नेछन् ।

अफरमा सहभागी हुने ग्राहकले न्यूनतम  १० हजार रुपैयाँ निश्चित रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८