काठमाडौं– साङ्गे विद्युत कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ ।
बिहीबार बसेको सञ्चालक समितिको बैठकमा वार्षिक प्रतिवेदन, लेखासमितिको प्रतिवेदन तथा आगामी आवको लागि लेखापरीक्षक नियुक्ति सम्बन्धी प्रस्तावहरू सभा बाट पारित गर्ने सम्बन्धी छलफल भएको थियो ।
साथै कम्पनीले २०७६÷०७७ को लाभांश बितरण समेत गर्ने भएको छ । सभा बाट ७ (सात ) जना सञ्चालक समितिको समेत निर्वाचन गर्ने छ ।
सभा चैत्र २७ गते कम्पनीको कार्यलय , त्रिपुरेश्वरमा हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया