महुली लघुवित्तले ४१२० कित्ता शेयर बिक्री गर्ने

आइतबार, ०८ चैत्र २०७७, ०९ : ११

काठमाडौं– महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ हजार १२० कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ ।

लघुवित्तले आइतबार एक सूचना जारी गर्दै लक्ष्मी प्रसाद चौधरीको नाममा रहेको संस्थापक शेयर बिक्री गर्ने बताएको हो ।  लघुवित्तले उक्त शेयर बिक्री गर्ने मामलामा विद्यमान संस्थापक शेयर धनीहरूलाई प्राथमिकतामा राखेको छ ।

उक्त शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र कम्पनीको सप्तरी स्थित केन्द्रिय कार्यालयमा आवेदन दिनु पर्ने छ । 

यदि त्यो अवधिमा संस्थापक शेयर धनीहरू बाट आवेदन नआएमा अन्य व्यक्ति तथा संस्थाहरूलाई शेयर बिक्री गरिने कम्पनीको भनाइ छ ।

उक्त शेयरको बिक्री मूल्य कम्पनीले तोके अनुसार हुनेछ । 
 

आइतबार, ०८ चैत्र २०७७, ०९ : ११

प्रतिक्रिया