सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मंगलबार, १० चैत्र २०७७, ०८ : ४१

काठमाडौं – सिंगटी हाइड्रो इनर्जी को आईपीओमा आजदेखि आज अन्तिम दिन रहेको छ । आईपीओमा आवश्यक भन्दा बढी आवदेन आएपछि आज बैंकिङ समय पश्चात निष्काशन बन्द गर्न लागिएको हो । 
आज साँझ ५ बजेसम्म मात्र उक्त कम्पनीको आईपीओमा आवेदन दिन सकिने छ । 
कम्पनीले सर्वसधारणलाई २९ लाख कित्ता शेयर निष्काशन गरेको हो ।
कम्पनीले गत शुक्रबारदेखि प्रतिकित्ता रु. १०० को दरमा २९ लाख कित्ता अर्थात् २९ करोड रुपैयाँको शेयर निष्काशन गरेको हो । त्योअनुसार कम्पनीले रु.२९ करोड बराबरको आईपीओ निष्काशन गरेको थियो । आईपीओको बिक्री प्रबन्धक मेगा क्यापिटल रहेको छ । कम्पनीले आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बोर्डबाट पुस २१ गते अनुमति पाएको थियो ।

मंगलबार, १० चैत्र २०७७, ०८ : ४१

प्रतिक्रिया