आरम्भ चौतारीको साधारण सभा , सञ्चालक समितिको निर्वाचन गर्दै

मंगलबार, १० चैत्र २०७७, ०९ : ०७

काठमाडौं – आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ ।

सोमबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी चैत्र ३१ गते सभा बस्ने निर्णय गरेको हो । सो दिन काभ्रेपलाञ्चोकको बनेपा स्थित पञ्चकन्या बेन्क्वेट् बिहान ११ बजे साधारण सभा हुने छ ।

सभामा वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन पेश गरि पारित गर्ने कार्यक्रम राखिएको छ ।

साथै ६ जना सञ्चालक समितिका सदस्यको निर्वाचन समेत हुने कम्पनीले जनाएको छ । जस मध्ये ४ जना संस्थापक शेयरधनीहरु बाट र २ जना साधारण शेयरधनीहरु बाट निर्वाचित गरिने छ । 

मंगलबार, १० चैत्र २०७७, ०९ : ०७

प्रतिक्रिया