अनिश्चितकालका लागि बन्द भए सार्वजनिक यातायात

मंगलबार, १७ चैत्र २०७७, ११ : ४०

काठमाडौं-  दाङमा लामो तथा छोटो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि  बन्द भएको छ । सार्वजनिक यातायात सेवाका मजदुर र बुकिङ कर्मचारीहरुले अनिश्चितकालका लागि यातायात सेवा बन्द गरेका हुन् ।

उनीहरुले सहजरुपमा तलब भत्ताको ग्यारेन्टी गर्नुपर्ने, सामाजिक सुरक्षा कोष ऐन यातायात प्रालिहरुले कार्यान्वयन गर्नुपर्ने, कोरोना खोप यातायात मजदुर तथा बुकिङ कर्मचारीहरुलाई दिनुपर्ने लगायतका माग राखेर आन्दोलनमा उत्रिदैँ यातायात बन्द गरेका हुन् ।

मंगलबार, १७ चैत्र २०७७, ११ : ४०

प्रतिक्रिया